Tuesday, February 18, 2014


संविधानसभामा आफुहरुको प्रतिनिधित्व नभए आन्दोलन—गन्धर्व समुदाय:

काठमाडौं—५ फागुन,संविधानसभामा
गन्धर्व समुदायको प्रतिनिधित्वको माग गर्दै गन्धर्व संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
संविधानसभामा समानुपातिक तथा प्रत्यक्षमा सबैजात जातीको प्रतिनिधित्व रहेतापनि गन्धर्व समुदायको प्रतिनिधित्व नभएकाले २६ जनाको मनोनयन सिटमा आफुहरुको सहभागीताको माग गरेको हो ।

आज रिर्पोटस् कल्ब काठमाडौंमा पत्रकार सम्मेलन गरि समितिले आफुहरुको संविधानसभामा प्रतिधित्व नभएका स्थानीय निकायको निर्वाचन बहिस्कार गर्ने,गन्धर्व जातीको बसोवास रहेको २२ जिल्लामा जिल्ला प्रशासन,संसद बैठकमा क्रममा संसद् भवन,सिंहदरबार घेराउ तथा सरकारले घोषणा गरेको सबै सेवा सुविधा बहिस्कार गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक पुर्ण बहादुर गान्धारीले मन्त्री परिषद्बाट मनोनित हुने २६ जनामा एक जना गन्धर्व समुदायलाई मनोनित नगराए आफुहरु कडा आन्दोलनमा जाने बताउनुभयो ।

गन्धर्व समुदायको प्रतिनिधित्व सुनिश्चीत गर्न गराउन विभिन्न राजनितिक दलहरुमा पनि जानकारी गराएकाले गन्धर्व समुदायका विषयमा गम्भीर हुन राजनैतिक दलहरुलाई आग्रह गर्नुभयो । त्यस्तै समितीका सदस्य एवं नेपाल गन्धर्व जनजागरणका अध्यक्ष मानबहादुर बैगारले हरेक निकायमा गन्धर्व समुदायको पुर्ण ज्ञारेन्टी गरिनुपर्ने बताउनुभयो ।

गन्धर्व समाज सुधार संघका उपाध्यक्ष एवं समिती सदस्य चित्र सिंह गन्र्धवले इतिहास बोकेको गन्धर्व समुदायप्रति राज्यको दृष्टि नपर्नु दुखत भएको उल्लेख गर्नुभयो ।

संघर्षका कार्यक्रम प्रस्तुत गर्दै समितीका प्रवक्ता सन्तोष गन्धर्वले गन्धर्व समुदायले नेपाल एकिकरण देखि २०६२÷०६३ सालको ऐतिहांसीक जनआन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै संविधानसभामा गन्धर्वको सहभागी गराउनु पर्ने माग राख्नुभयो ।

परिवर्तणका लागी गलामा सारङगी भिरेर मुक्तीका लागी गीत गाउने गन्धर्व समुदायको पहिचान सहितको संविधान निमार्णका लागी गन्धर्व समुदायको अनिवार्य उपस्थिती रहनुपर्ने भन्दै त्यसो नगरिए राज्यका विरुद्धमा कडा आन्दोलनमा उत्त्रीने चेतावनि दिनुभयो